History of Olympic Games, Where and How it Began

Olympic rings
Olympic rings

ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो ।
ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल बेलायतको राजधानी लण्डनमा यही जुलाइ र अगस्तमा हुन गैरहेको छ ।
“ओलम्पिक” नाम परा पूर्बकालीन ग्रीस भाषाबाट आएको हो । यसले नाम “ओलम्पिक खेल” भनी ओलम्पिक खेलका लागि गठित अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले राखेको हो । “ओलम्पिक” नाम ग्रिसको दक्षिण पश्चिममा रहेको अर्धटापु पेलेओपोनेशको ओलम्पिया भन्ने स्थानमा सर्व प्रथम खेल प्रतिस्पर्धा गराइएकोले यसको नाम “ओलम्पिक प्रतिस्पर्धा” भनि राखिएको थियो ।

सन १८९६ देखि सुरु भएको ओलम्पिक खेल हरेक चार बर्षमा हुने गर्दछ र सन १९२४ देखि जाडोको मौसममा पनि ओलम्पिक खेलाउन थालियो । अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले सन १९६० देखि शारिरीक अपाँगहरुलाइ पनि खेल मैदानको प्रतिस्पर्धामा उता¥यो । १९७६ देखि खेलाइने शारिरीक अपाँगहरुको खेललाइ “प्याराओलम्पिक खेल” भनेर नामाकरण गरियो । यसरी गर्मी मौसम र जाडो मौसममा हरेक दुइ दुइ वर्षमा प्याराओलम्पिक खेल हुन थाल्यो । हरेक दुइ बर्षमा हुने प्याराओलम्पिक एकपटक गर्मी मौसममा र अर्को पटक जाडो मौसममा हुने गर्दछ । हरेक चार बर्षमा हुने ओलम्पिक खेल भने गर्मी मौसममा आयोजना गरिने परिपाटी बस्यो । हरेक चारबर्षमा हुने ओलम्पिक र हरेक दुइ दुइ बर्षमा हुने प्याराओलम्पिक खेल सम्पन्न गराउने जिम्मा अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले लियो । सन २०१० को जाडो मौसमको प्याराओलम्पिक खेल क्यानाडाको भ्यानकुभरमा भएको थियो भने यसपालीको प्याराओलम्पिक खेल लण्डनमा २९ अगस्त देखि ९ सेप्टेम्बर सम्म हुने भएको छ ।
परापूर्ब कालमा ओलम्पिक

 

परापूर्ब कालमा पनि ओलम्पिक खेल गराइने गर्दथ्यो भन्ने प्रमाण भेटिन्छ । इसा पूर्व ७७६ देखि इसापूर्व चौथो सताब्दी सम्म परापूर्ब कालिन (एन्सियन्ट)
Greece Olympiaग्रिस समयमा ग्रिसको ओलम्पिया भन्ने ठाँउमा लगतार खेल प्रतिस्पर्धा भैरहेको थियो । खेलको सुरु सुरुमा ओलम्पियाको खेल मैदानमा १९२२४ मिटर दौडको प्रतिस्पर्धा हुने गर्दथ्यो । पछि हरेक पटक यसले बिकाश गर्दै गयो । ओलम्पियामा हुने उक्त खेललाइ ग्रिसहरुका भगवान मानिने छेउस र भगवानका अवतार मानिने पेलोप्सले धार्मिक पर्वका रुपमा पाँच दिन खेलाउन थाले । त्यसरी गराइएको खेल प्रतिस्पर्धाले बिकाश गर्दै १८ वटा भिन्न भिन्न प्रकारका खेलहरु प्रतिस्पर्धा गराउन थालिएको इतिहाँस भेटिन्छ । तर जव इसा पूर्व १४८मा रोमले ग्रिस माथि कब्जा ग¥यो त्यस पछि त्यो खेल पनि बन्द भयो । एक एैतिहाँसिक अनुमानका अनुसार इसापूर्व ३९३मा रोमका साम्राट थेओडिसिउस ब्दीतीयले ग्रिसलाइ कब्जा गर्नु अघि पछिल्लो खेल भएको थियो ।
रोमका साम्राट थेओडिसिउस ब्दीतीयले ग्रिसलाइ कब्जामा लिएपछि उनले सबै प्रकारका धार्मीक चाड पर्वहरु र खेलकूँदका सबै प्रकारका प्रतिस्पर्धा माथी प्रतिबन्ध लगाए ।
सन १८८६ पछि ओलम्पिया क्षेत्रमा गरिएको उत्खनन्बाट त्यहाँ मन्दीरहरु भएको र ठूलो खेल मैदान भएको पत्ता लाग्यो । उक्त उत्खनन एक जर्मन पुरातत्वबेत्ता एर्नसट कुर्टिउसको नेतृत्वमा भएको थियो । त्यसको केही समय पछि एक फ्रेन्च पिएरे दे कुबेर्टिनले “यदि एक जर्मन ब्यक्तिले यत्रो ठूलो उत्खनन गरेर ओलम्पिया पत्ता लगायो भने हामी फ्रेन्चहरुले किन यति राम्रो कुराको सुरुवात नगर्ने ? ” भनी ओलम्पियालाइ पुन ब्युताउने प्रयास गरे । तर त्यसबीचमा १८७०÷७१मा जर्मन फ्रान्सको युद्धले ओलम्पियाको पुन सुरुगर्ने भन्ने काम रोकियो ।

First Olympic medal
First Olympic medal

सन १८९०मा पिएरे दे कुबेर्टिनले ओलम्पिया क्षेत्र हेर्न पुगे र जव उनले त्यो क्षेत्र देखे तव उनलाइ यसको नयाँ सुरुवात गर्न अरु जोस, जाँगर र आँट जागेर आयो अनि उनले फ्रान्सको सोरबोन बिश्वबिद्यालय पेरिसमा १८९४को जुन १६ देखि २३ सम्म एक ओलम्पिक सम्मेलनको आयोजना गरे र सो सम्मेलनले दुइ बर्ष भित्र आथेनमा एक ओलम्पिक खेलको आयोजना गर्ने निर्णय ग¥यो । अनि त्यतिखेरै अन्तरराष्ट्रिय ओलम्पिक कमिटी पनि गठन गरे । कमिटीमा एक ग्रिस डेमेट्रिउस भिकेलास अध्यक्ष बने भने पिएरे दे कुबेर्टिन महासचिव बने । सन १८९६को खेलमा जम्मा जम्मी १४ मुलुकका २५० खेलाडीहरुले भाग लिएका थिए । तर खेल असाध्यै रोचक, प्रतिस्पर्धात्मक एवं सफल भएको मानियो । दोस्रो ओलम्पिक खेल सन १९००मा पेरिसमा र तेस्रो खेल १९०४मा सन्त लुइजमा भएको थियो । यसरी ओलम्पिक खेल पुन जीबित भएर आज सम्म निरन्तर अगाडी बढीरहेको छ ।
एक सय बाह्रबर्ष अघि १४ मुलुकका २५० खेलाडीहरुबाट सुरु भएको ओलम्पिक २००८ सम्म आइपुग्दा चीनको बेजिङ्गमा भएको खेलमा २०४ मुलुकका ३०२ बिभिन्न प्रतिस्पर्धाका लागि ११ हजार खेलाडीहरुले भाग लिएका थिए । by Shashi Poudel

Now you learned that the Olympics game were held to honor the ancient Greek gods. Becoming an Olympic Medallist is really very hard and takes lots of work. Now if you go to an Olympic games in future, you can tell the person sitting next to the history of the Olympic games.

 


Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.