History of Olympic Games, Where and How it Began
ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो ।
ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल बेलायतको राजधानी लण्डनमा यही जुलाइ र अगस्तमा हुन गैरहेको छ ।
“ओलम्पिक” नाम परा पूर्बकालीन ग्रीस भाषाबाट आएको हो । यसले नाम “ओलम्पिक खेल” भनी ओलम्पिक खेलका लागि गठित अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले राखेको हो । “ओलम्पिक” नाम ग्रिसको दक्षिण पश्चिममा रहेको अर्धटापु पेलेओपोनेशको ओलम्पिया भन्ने स्थानमा सर्व प्रथम खेल प्रतिस्पर्धा गराइएकोले यसको नाम “ओलम्पिक प्रतिस्पर्धा” भनि राखिएको थियो ।
सन १८९६ देखि सुरु भएको ओलम्पिक खेल हरेक चार बर्षमा हुने गर्दछ र सन १९२४ देखि जाडोको मौसममा पनि ओलम्पिक खेलाउन थालियो । अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले सन १९६० देखि शारिरीक अपाँगहरुलाइ पनि खेल मैदानको प्रतिस्पर्धामा उता¥यो । १९७६ देखि खेलाइने शारिरीक अपाँगहरुको खेललाइ “प्याराओलम्पिक खेल” भनेर नामाकरण गरियो । यसरी गर्मी मौसम र जाडो मौसममा हरेक दुइ दुइ वर्षमा प्याराओलम्पिक खेल हुन थाल्यो । Read more…

