Happy Dashain

 

Happy dashainHappy Dashain – दशैँको शुभकामना

शरद् ऋतुमा पर्ने दशैँ नेपालीहरुको महान् साँस्कृतिक चाड हो । धार्मिक पर्व हो । मान्यक्रममा ठूलाबाट आशीर्वाद र सानाबाट आदरभाव प्रकट गर्ने सद्भावपूर्ण चाड पनि हो । नकारात्मक साँेचको पराजय र सकारात्मक सोँचको विजय हुने भवानी दुर्गा र महिषासुर, राम र रावणवीच प्रतिकात्मकरुपमा असल पक्षको जितमा हर्षोलाससाथ मनाइदै आएको परम्परा हो । घटस्थापनादेखि पूर्णिमासम्म मनाइने विजय दशमी पर्व हो । बिछोडिएका साथीभाइहरु र आफन्तहरुवीच भेटघाट गराउने स्वर्णिम अवसर पनि हो । बैरभाव त्यागी सुमधुर सम्बन्धस्थापित गराउने ठूलो चाड हो । पहेँलो जमरा, रातोटीका,मालासिरी धुन र पीङ दशैँको अर्को मौलिक विशेषता हो ।

सभ्य र भव्यरुपमा दसैँ मनाउनुपर्छ । यो हाम्रो मौलिक चाड हो । सबैलाई मान्य वातावरण हामीले बनाउनु पर्छ । तडकभडकबाट टाढा रहनुपर्छ । दशैँ कसैको दशा बन्नु हुँदैन । खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । सृजनात्मक काम गरी बिदालाई सदुपयोग गर्न सके सबै कर्मचारी र विद्यार्थील्ााँई दशैँ पुरस्कार सावित हुनेछ । घाँटी हेरी हाड निल्न भने हामीले बिर्सनु हुँदैन । आयो दशैँ छढोल बजाई गयो दशैँ ऋण बोगाई भनेजस्तो हुनुहुन्न । नेपालीवीच एकताको भावना जगाउन र सद्भाव फैलाउन दशैँको ठूलो भूमिका हुन्छ । त्यसैले हामी सबै दशैँको असल पक्षलाई संरक्षण र सम्वद्र्धन गर्दै चाड मनाऔँ । साथै बडादशैँको पावन अवसरमा हार्दिक मङ्लमय शुभकामना व्यक्त गर्दछु ।

Also Read More Detail About :


Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.