
के हो ? तिहार पर्व ! Know more about Tihar (Deepawali) and bit of history!
तिहार नेपालीहरुको ज्यादै रमाइलो चाड हो । यो विशेष गरी साँस्कृतिक पर्व हो । पाँच दिन चल्ने यो चाडलाई यमपञ्चक पनि भनिन्छ । पौराणिक कथन अनुसार बहिनी यमुना र दाजु यमराजवीचको कथालाई तिहारले सम्झना गराउँदछ । यो चाडमा काग, कुकुर, गाई आदि पशुपक्षीको पूजाले मानिसको प्रकृतिप्रेम र मानवतालाई झल्काउँछ । यो सांगीतिक पर्व पनि हो । देउसी–भैलोले यसलाई जीवन्त राखेको छ । दिदीबहिनीको हातबाट दाजुभाइले टीका ग्रहण गर्ने तिहार नेपालीहरुको मौलिक पर्व हो । पारिवारिक आत्मीयतालाई जोड्ने यो साँस्कृतिक चाडको अनुपम उदाहरण हो । नेपाललाई चिनाउने नेपाली विशेषतायुक्त चाड तिहार हो । मखमली र सयपत्री फूलको मालाले सुशोभित गराउने चाड पनि हो । बोटबिरुवा र फूलको महिमा हुने पर्व पनि हो । अन्धकारलाई चिर्न दिपावली गरी उज्यालो प्रकाश छर्ने ज्योतिर्मय पर्व पनि हो । त्यसैले तिहारलाई दिपावली पनि भनिन्छ । झिलीमिली बत्तीले मनभित्रको अन्धकारलाई हटाइ सकारात्मक सोँचले अगाडि बढ्न यो पर्वले प्रेरणा जगाउँछ । दाजुभाइ र दिदीबहिनीवीचको पवित्र प्रेमलाई तिहारले अमर बनाएको छ । हिजो, आज र भोली पनि यो पर्वको महत्व थियो, छ र रहनेछ । किनकी मानवियतासँग यस पर्वको घनिष्ठ सम्बन्ध छ ।
खास गरी नेपालको सन्दर्भमा भन्दा नेवार जातिले तिहारलाई नयाँ वर्ष( न्हूँ दँया भिन्तुना )रुपमा मान्दछ । साँस्कृतिक उत्सवको रुपमा लिन्छ । आफूले आफैलाई पूजा ( म्ह पूजा ) गर्ने यो ज्यादै मौलिक चाड हो । मानिसको जीवन र व्यबहारसँग गाँसिएको विधि र विधानलाई प्रतिकात्मकरुपमा प्रस्तुत गराउने चाड पनि हो । सुस्वास्थ र दीर्घायुको शुभकामना आदान–प्रदान गर्ने चाड पनि हो । अर्को शव्दमा भन्दा मानिस, पशुपक्षी र प्रकृतिसँग गाँसिएको कल्याणकारी साँस्कृतिक पर्वको नाम तिहार हो । अन्त्यमा स्वदेश र विदेशमा रहेका सवै नेपालीहरु एवं विश्व समुदायमा शुभदिपावलीको हार्दिक मङ्गलमय शुभकामना ।
–अविरल आस्था
View nepali calendar 2069
Some Tihar sms messages
Ghar ma Laxmi ko baas hos,
Satruko naas hos,
Harek kamana fulfil hos,
beer ko barsat hos
Ani haatma 21 patti Taas hos.
TIHAR KO SHUBHAKAMANA khaas hos… . Read more…

Happy Dashain 2069 - दशैँको शुभकामना
शरद् ऋतुमा पर्ने दशैँ नेपालीहरुको महान् साँस्कृतिक चाड हो । धार्मिक पर्व हो । मान्यक्रममा ठूलाबाट आशीर्वाद र सानाबाट आदरभाव प्रकट गर्ने सद्भावपूर्ण चाड पनि हो । नकारात्मक साँेचको पराजय र सकारात्मक सोँचको विजय हुने भवानी दुर्गा र महिषासुर, राम र रावणवीच प्रतिकात्मकरुपमा असल पक्षको जितमा हर्षोलाससाथ मनाइदै आएको परम्परा हो । घटस्थापनादेखि पूर्णिमासम्म मनाइने विजय दशमी पर्व हो । बिछोडिएका साथीभाइहरु र आफन्तहरुवीच भेटघाट गराउने स्वर्णिम अवसर पनि हो । बैरभाव त्यागी सुमधुर सम्बन्धस्थापित गराउने ठूलो चाड हो । पहेँलो जमरा, रातोटीका,मालासिरी धुन र पीङ दशैँको अर्को मौलिक विशेषता हो ।
सभ्य र भव्यरुपमा दसैँ मनाउनुपर्छ । यो हाम्रो मौलिक चाड हो । सबैलाई मान्य वातावरण हामीले बनाउनु पर्छ । तडकभडकबाट टाढा रहनुपर्छ । दशैँ कसैको दशा बन्नु हुँदैन । खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । सृजनात्मक काम गरी बिदालाई सदुपयोग गर्न सके सबै कर्मचारी र विद्यार्थील्ााँई दशैँ पुरस्कार सावित हुनेछ । घाँटी हेरी हाड निल्न भने हामीले बिर्सनु हुँदैन । आयो दशैँ छढोल बजाई गयो दशैँ ऋण बोगाई भनेजस्तो हुनुहुन्न । नेपालीवीच एकताको भावना जगाउन र सद्भाव फैलाउन दशैँको ठूलो भूमिका हुन्छ । त्यसैले हामी सबै दशैँको असल पक्षलाई संरक्षण र सम्वद्र्धन गर्दै चाड मनाऔँ । साथै बडादशैँको पावन अवसरमा हार्दिक मङ्लमय शुभकामना व्यक्त गर्दछु ।

पञ्च रङ हरुले रङिन रहुन माइती र चेलीको निधार हरु ,पुरा होउन आशिश,कामना र मनका चाहान हरु , मिली रहुन सधैं हास्ने बाहानाहरु,सजिरहुन सधैं ओठमा मुस्कान का गहना !!!- यहिछ सम्पुर्न मित्र हरुमा 2068 दिपावालीको मंगलमय शुभकामना !!! Happy Tihar

As it is well-known fact we Nepalese have more gods and goddesses than human beings and more festival than those actually fits in a yearly calendar of 365 days but what makes the festive month of Dashain and Tihar quiet special and is regarded as the greatest festival of a hindu culture is once in every year we all Nepalese from different caste and creed free ourself from our day-to-day routine and all the tensions that comes along with it and set ourself to a month of full enjoyment with our precious family members and the ones that really makes our lives precious and makes ourself feel important in this world. Read more…